PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अगाडिको सिसामा बर्ड हिट भएपछि कैलाशको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण, यात्रुको तत्कालै उद्धार



वसन्तराज उप्रेती

अगाडिको सिसामा बर्ड हिट भएपछि कैलाशको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण, यात्रुको तत्कालै उद्धार

काठमाडौं: अगाडिको सिसामा बर्ड हिट 'चरा ठोकिएपछि' कैलाश हेलिकोप्टरले नुवाकोटमा आकस्मिक अवतरण गरेको छ। आकस्मिक अवतरण लगत्तै कम्पनीले अर्को हेलिकोप्टर पठाउर यात्रुलाई काठमाडौं ल्याइएको कम्पनीका संचालक प्रतापजंग पाण्डेले बताए।

आइतबार दिउँसो १:३७ बजे यात्रु लिन लागि काठमाडौं-गलकोट उडान गरेको थियो। गलकोटबाट काठमाडौं फर्कने क्रममा कम्पनिको ९एन-एजेजे कलसाइनको हेलिकोप्टरमा बर्ड हिट भएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको उनले जानकारी दिए।

पाँच जना यात्रु सवार यो हेलिकोप्टरमा बर्ड हिट भएलगत्तै क्याप्टेन दिपक पुनले आकस्मिक अवतरण गरेको कम्पनीले जनाएको छ।

'चालक र यात्रु सकुशल हुनुहुन्छ। यो उडान आकस्मिक अवतरण भएलग्त्तै हामीले अर्को हेलिकोप्टर पठाएर यात्रुलाई काठमाडौ ल्याइसकेका छौँ। हेलिकोप्टरको अवस्था अध्ययनका लागि कम्पनीको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ,' संचालक पाण्डेले भने।

कम्पनीको प्राविधिक टोलीले बुझाएको विवरणका आधारमा नागरिक उड्डयन प्राधिकरणले थप अध्ययन गर्ने प्राधिकरणका अधिकारीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell