PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि कम, मृतकको संख्या भने बढ्दो



पहिलोपोस्ट

पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि कम, मृतकको संख्या भने बढ्दो
FILE PHOTO

काठमाडौं :  कोभिड-१९ संक्रमणको पहिचानका लागि गरिने पीसीआर परीक्षणको दैनिक संख्या घट्दा नयाँ थपिने संक्रमितको संख्यामा पनि कमी आएको छ।

बितेको एक हप्तामा दैनिक करिब १० हजारको हारहारीमा मात्रै पीसीआर परीक्षण भएका छन्। पीसीआर परीक्षण घट्दा तिहारपछि नेपालमा संक्रमितको संख्या घटदो क्रममा छ।

आइतबार १ हजार २५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ८ हजार ८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २५५ जना संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १ हजार ४०४ जना भने संक्रमणमुक्त भएका छन्।

शनिवार ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० जना संक्रमित भेटिएका थिए। शुक्रवार १० हजार ४ सय ६० को परीक्षण हुँदा १ हजार ७०३ जना संक्रमित भेटिएका थिए।

बिहीवार पनि थोरैको मात्रै पीसीआर परीक्षण भएको थियो। ९ हजार ४९१ को पीसीआर हुँदा १ हजार ६१४ संक्रमित भेटिएका थिए।  बुधवार पनि ९ हजार २१० को मात्रै परीक्षण हुँदा १ हजार ९४८ संक्रमित भेटिएका थिए। मंगलवार १० हजार ८३ र सोमवार १० हजार ३८१ को पीसीआर परीक्षण हुँदा १ हजार ९ सय ८० संक्रमित भेटिएका थिए।

सरकारले परीक्षणको संख्या घटाएसँगै संक्रमण समुदायमा थप फैलान सक्ने भन्दै जनस्वास्थ्यविदहरुले सतर्क गराएका छन्। यस्तै, लक्षण देखिएका व्यक्तिहरुले पनि परीक्षण नगराउन पाइएको छ। यस्तो अवस्थामा मास टेस्टिङमा जानुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ।

 हालसम्म नेपालमा २ लाख ३१ हजार ९ सय ७८ जना कोभिड-१९ संक्रमित छन्।

मंसिर लागे यता मृतकको संख्या भने बढ्यो

पीसीआर परीक्षण घट्दै गर्दा दैनिक मृतकको संख्या भने बढिरहेको देखिएको छ। आइतवार कोभिड १९ संक्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म १ हजार ४ सय ७९ जनाको संक्रममणका कारण मृत्यु भएको छ। यो संख्या मंसिर महिना लागेयता बढदो क्रममा रहेको छ।

मंसिर १ मा ९,  २ गते १७, ३ गते १२ र ४ गते १७ जनाको मृत्यु भएको थियो। यस्तै, मंसिर ५ मा २२,  ६ गते २२, ७ र ८ गते १६/१६ जनाको मृत्यु भएको थियो। मंसिर ९ मा २४,  १० गते २८ र ११ गते २३ जनाको संक्रमणका कारण मृत्यु भएको थियो।

यस्तै, १२ गते २३ तथा १३ गते १९ र १४ गते २५ जनाको मृत्यु भएको छ। 

पहिला संक्रमणका कारण मृत्यु भएको होइन भन्ने सरकार हाल मृतकको संख्या बढ्दै गर्दा मौन छ। सरकारले अरु राष्ट्रहरुभन्दा नेपालमा मृत्यु दर कम रहेको भन्दै त्यसलाई आफ्नो सफलताको रुपमा व्याख्या गर्दै आइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell