PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश १ मा १७७ कोरोना संक्रमित थपिए : ४२१ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा १७७ कोरोना संक्रमित थपिए : ४२१ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ।

प्रदेश १ मा आइतवार १७७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३/३, पाँचथर र ताप्लेजुङमा २/२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २/२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १/१, झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोडमा भद्रपुर र हल्दिबारीमा २/२, गौरीगञ्ज, कनकाई र गौरादहमा १/१, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २/२, हरिनगर र दुहवीमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उता संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १/१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको फुङलिङमा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतवार ८७१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ७४ महिला र १०३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ९० हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२ वर्षीया महिलासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रदेश १ बाहिर बर्दिवासकी ती संक्रमित महिलाको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। उपचारका क्रममा मृत्यु भएकी ती महिलासहित सुनसरीमा एक महिला र एक पुरुष तथा इलाममा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७२ जना पुगेको छ। जसमा ११७ महिला र २५५ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell