PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दोस्रो एकदिवसीयमा पनि भारतमाथि अस्ट्रेलियाको जित



पहिलोपोस्ट

दोस्रो एकदिवसीयमा पनि भारतमाथि अस्ट्रेलियाको जित

अस्ट्रेलियामा जारी एकदिवसीय सिरिज २०२० अन्तर्गत लगातार दोस्रो खेलमा जित निकाल्दै अस्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको छ। सिड्नी स्टेडियममा आज भएको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले भारतलाई ५१ रनले हराउँदै सिरिज आफ्नो नाममा सुरक्षित गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मीथको शतकीय पारीको सहयोगमा ४ विकेट गुमाउँदै ३८९ रन बनायो। भारतसँगको सिरिजमा स्मीथको यो लगातार दोस्रो शतक हो।

आजको खेलमा अस्ट्रेलियाका लागि स्मीथले सर्वाधिक १०४ रन बनाउँदा डेभिड वार्नरले ८३, मार्नस लाबुसानेले ७० बनाउँदा कप्तान आरोन फिन्सले ६० रन बनाए। त्यस्तै ग्लेन म्याक्सवेल ६३ रनमा अभिजित रहँदै टिमको स्कोर उकासेका थिए।

भारतका लागि मोहम्मद समी, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले समान १/१ विकेट लिए।

३९० रनको लक्ष्य पछ्याएको भारत ९ विकेट गुमाउँदै ३३८ रनमा समेटियो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाउँदा केएल राहुलले ७६ रनको महत्वपूर्ण योगदान दिए। त्यसबाहेक श्रेयस ऐय्यरले ३८, शिखर धवनले ३० तथा मयंक अग्रवालले २८ रनको महत्वपूर्ण योगदान दिए।

भारतलाई लक्ष्य भेट्टाउन नदिन अस्ट्रेलियाका लागि प्याट कमिङ्सले सर्वाधिक ३ विकेट लिँदा जोस हेजलवुड र एडम जाम्पाले समान २/२ विकेट लिए। त्यस्तै मोइसेस हेनरिक्स र म्याक्सवेलले समान १/१ विकेट लिए।

यसअघि सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले ६६ रनको जित निकालेको थियो।

सिरिजको अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell