PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

टिपरको ठक्करबाट महोत्तरीमा एक बालिकाको मृत्यु



रासस

टिपरको ठक्करबाट महोत्तरीमा एक बालिकाको मृत्यु

जलेश्वर : महोत्तरीको औरही नगरपालिका-८ टिम्किया गाउँको भित्री सडकमा आइतवार साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा औरही-८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए। गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ४७३९ नम्बरको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

घटनापश्चात् प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell