PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ब्राउन सुगरसहित झापामा दुई भारतीय पक्राउ



रासस

ब्राउन सुगरसहित झापामा दुई भारतीय पक्राउ

बनियानी : झापाको भद्रपुर नगरपालिका-४ स्थित नरसिंह बगानबाट आइतवार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार गलगलिया-४ का १९ वर्षीय महमद जबर र ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतवार बिहान ११ बजे पक्राउ गरेको हो। जाँचका क्रममा उनीहरुका साथबाट पाँच ग्राम ब्राउनसुगर फेला परेको प्रवक्ता थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell