PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

कोभिड-१९ का कारण यो साता थप ६ गैरआवासीय नेपालीको निधन



रासस

कोभिड-१९ का कारण यो साता थप ६ गैरआवासीय नेपालीको निधन

लण्डन : कोभिड-१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ। हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

शनिवार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ गैरआवासीय नेपाली संक्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना संक्रमणबाट मुक्त भएका हुन्। यो कूल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell