PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नक्कली नोटसहित कञ्चनपुरमा एक युवक पक्राउ



रासस

नक्कली नोटसहित कञ्चनपुरमा एक युवक पक्राउ
फाइल फोटो।

कञ्चनपुर : नक्कली नोटसहित भीमदत्त नगरपालिका-१८ का २४ वर्षीय दीपक नाथलाई आइतवार प्रहरीले पक्राउ गरेको छ। हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उनले बताए। पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell