PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बार्सिलोनाको जित, मेस्सीले म्यारोडोनालाई दिए श्रद्धाञ्जली



पहिलोपोस्ट

बार्सिलोनाको जित, मेस्सीले म्यारोडोनालाई दिए श्रद्धाञ्जली

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि सानदार जित निकाल्यो। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले ओसासुनामाथि ४-० को सानदार जित निकाल्यो।

खेलको २९ औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ४२ औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा ग्रीजमनकै पासमा फिलिपे काउन्टिनोले गोल गरे। उनले ५७ औं मिनेटमा गोल गर्दा मेस्सीले मेस्सीले ७३ औं मिनेट अर्को गोल थपे। र, बार्सिलोनाले ४-० को सानदार जित निकाल्यो।

खेलसँगै मेस्सीले केही दिनअघि निधन भएका बार्सिलोनाका समेत पूर्व खेलाडी रहेका अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनालाई श्रद्धान्जली दिए। उनले गोलपछि म्यारोडोनाको पूर्व क्लबसमेत रहेको अर्जेन्टिनी क्लब नेवेल बोइजको जर्सी देखाउँदै दुवै हात आकाशतिर देखाएका थिए।

जितसँगै ९ खेलबाट १४ अंक जोडेको बार्सिलोना तालिकाको सातौं स्थानमा छ भने ११ अंक जोडेको ओसासुना ११ अंकसहित १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell