PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सन्दीप लामिछाने अस्पताल भर्ना, ‘गेम आइरहेको छ, रिस्क किन लिने भनेर मात्र पठाएको हो’



पहिलोपोस्ट

सन्दीप लामिछाने अस्पताल भर्ना, ‘गेम आइरहेको छ, रिस्क किन लिने भनेर मात्र पठाएको हो’

काठमाडौं: नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। शनिवार कोरोना संक्रमण पुष्टिभएका उनले समाजिक सञ्जालमार्फत आफूलाई सामान्य लक्षण देखिएको जनाएका थिए।

‘कोरोना परीक्षणका क्रममा आज मेरो पोजेटिभ नतिजा देखिएको छ। बुधवारयता मलाई शरीर दुखिरहेको थियो। तर अहिले स्वास्थ्यमा केही सुधार देखिएको छ,’ लामिछानेले लेखेका थिए, ‘अहिले म होम आइसोलेसनमा छु। यदि सबै कुरा ठीक भए चाँडै मैदान फर्कने छु।’

सामान्य लक्षणसमेत देखिएका उनी सामाजिक सञ्जालमा सक्रिय थिए। सन्दीप हिजो बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको उनका म्यानेजर रमन शिवाकोटीले जनाए।

‘त्यस्तो समस्या भएर होइन खासै। अलिकति कमजोर महसुस गरेकोले हस्पिटलमा केयर हुने भएकाले पठाएको हो हिजो,’ शिवाकोटीले भने, ‘घरमा एक्लै बस्नुभन्दा हस्पिटलमा राम्रो हुन्छ भनेर हो। उनले पनि अलिकति कमजोरी महसुस गरेकाले हो। फेरि गेमहरु पनि आइरहेकोले रिस्क किन लिने भनेर हस्पिटल पठाएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell