PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ रक्षामन्त्रीको 'गुपचुप' नेपाल भ्रमणबारे के भन्छ चिनियाँ रक्षा मन्त्रालय? मिडिया पनि मौन



विधुर ढकाल

चिनियाँ रक्षामन्त्रीको 'गुपचुप' नेपाल भ्रमणबारे के भन्छ चिनियाँ रक्षा मन्त्रालय? मिडिया पनि मौन

काठमाडौं : चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री नेपालको ८ घण्टा लामो नेपाल भ्रमण सकेर आइतबार काठमाडौंबाट विदाई भए। उनको भ्रमणलाई नेपालले 'वर्किङ भिजिट'को रुपमा प्रस्तुत गर्दै द्वीपक्षीय हितका विषयमा कुरा भएको उल्लेख छ।

उता चीन पनि भ्रमणलाई लिएर आइतवार साँझ सम्म मौनजस्तै थियो। सोमवार बिहानमात्र चिनियाँ रक्षा मन्त्रालयले चीनका रक्षा प्रमुखको नेपाल भ्रमण भएको जनाएको छ। त्यसअघि मन्त्रालयले उनको नेपाल भ्रमणको विषयमा केही राखेको थिएन।

त्यहाँको रक्षा मन्त्रालयले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भ्रमणमा पुगेका स्टेट काउन्सिलर तथा राष्ट्रिय रक्षा मन्त्री जनरल वेइ फङ्हसँग भेट गरेको न्युज रिलिज जारी गरेको छ।

चिनियाँ रक्षामन्त्रालयको अंग्रेजी संकरणमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेतृत्वमा कोभिड-१९ विरुद्धको लडाइमा विजयी हात पारेको भन्दै बधाई दिएको उल्लेख छ। साथै उनले नेपालको विकास र सामाजिक स्थायित्वका लागि सहयोग पुर्‍याएको भन्दै चीनप्रति आभार व्यक्त गरेको समेत उल्लेख छ।

राष्ट्रपति भण्डारीले नेपाल चीन सम्बन्ध परावूर्वकाल देखि नै रहेको र अहिले नेपाल चीनले प्रस्ताव गरेको वेल्ट एण्ड रोड इनिसिएटिभमा सक्रिय सहभागी भएको भन्दै दुई देशबीच सैन्यस्तरमा मित्रता र साझेदारीलाई बढाउन चाहेको बताएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।

वेइसँगको भेटमा प्रधानमन्त्री ओलीले दुई देशले कुटनीतिक सम्बन्ध स्थापना यताको ६५ वर्ष गहिरो मित्रता र साझेदारी गरेको बताएका थिए। उनले २०२१ चिनियाँ कम्युनिस्टा पार्टीको १०० औं वर्ष मनाउन लागिरहेको भन्दै राष्ट्रपति सिको नेतृत्वमा चीनले महान विकास हासिल गर्ने बताएको रक्षा मन्त्रालयले जनाएको छ। साथै उनले जनरल वेइको भ्रमणले दुई देशबीचको सैन्य साझेदारीलाई बढाउने विश्वास लिएका थिए।

काठमाडौंमा भएका भेटमा चिनियाँ रक्षामन्त्री वेइले गत वर्ष चीन र नेपालका राष्ट्र प्रमुखहरुले एक अर्का देशको भ्रमण गरी चीन नेपाल सम्बन्धलाई माथिल्लो स्तरणमा पुर्‍याएको भन्दै दुई देशबीच साझेदारीको रणनीतिक साझेदारको रुपमा स्तरोन्नती गरेको बताएका थिए। उनले नेपालको एक चीन नीति प्रतिको प्रतिवद्धता प्रति चीन आभार रहेको र नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता एवम् भौगोलिक अखण्डता रक्षाका लागि सँधै सहयोग गर्ने प्रतिवद्धता जनाएको रक्षामन्त्रालयको वक्तव्यमा उल्लेख छ।

उनले चिनियाँ पक्षा नेपालको सैन्य विकासका लागि नेपाली पक्षसँग निरन्तर सम्पर्कमा रहने भन्दै यो साझेदारीले दुई देशका जनता र क्षेत्रीय शान्ति र स्थायित्वका लागि मद्दत पुग्ने बताएका छन्।

त्यस्तै, वेइले नेपाली सेनाका प्रमुख पुर्णचन्द्र थापासँगै अन्तराष्ट्रिय क्षेत्रीय अवस्थाका साथै द्वीपक्षीय कुटनीति र सैन्य सम्बन्धका बारेमा छलफल गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

चिनियाँ सञ्चारमाध्यमहरुले पनि वेइ काठमाडौंबाट बिदा नलिँदासम्म उनको भ्रमणलाई सार्वजनिक गरेका थिएनन्।

उनले काठमाडौं छाडेपछि त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्सले रक्षामन्त्री वेइले नेपाल भ्रमण गरेको र सैन्य साझेदारी, आर्थिक तथा महामारी विरुद्धको साझेदारीका विषयमा नेपाली पक्षसँग छलफल  गरेको भन्दै एक वाक्यको समाचार प्रकाशित गरेको थियो।

त्यस्तै ग्लोबल टाइम्सले अर्को दुई वाक्यको संक्षिप्त समाचार प्रकाशित गर्दै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताप्रति आभार प्रकट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता रक्षा गर्न चीनले सहयोग गर्ने वेइले बताएको उल्लेख छ। साथै नेपाली सेनालाई निरन्तर सहयोग गर्ने र यसले क्षेत्री शान्ति र स्थायित्वमा सहयोग पुग्ने समाचारमा उल्लेख छ।

चिनियाँ सरकारी सञ्चारमाध्यक सिन्ह्वाले आइतवार बिहान रक्षा मन्त्रालयको न्युज रिलिजपछि मात्र हुबहु सोही रिलिज समाचारका रुपमा प्रकाशित गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell