PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के हङ्‍कङ नेपालबाटै पुगेको हो कोरोना भाइरसको चौथो वेभ? पछिल्ला केसमा मिल्यो नेपालमाजस्तै भाइरल जेनोम



विधुर ढकाल

के हङ्‍कङ नेपालबाटै पुगेको हो कोरोना भाइरसको चौथो वेभ? पछिल्ला केसमा मिल्यो नेपालमाजस्तै भाइरल जेनोम
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पीपीई लगाएका यात्रुहरु । फोटो: ब्लुमवर्ग

हङ्‍कङमा केही दिन यता कोभिड-१९ संक्रमणको न्यू वेभ सुरु भएको छ। डान्स क्लबबाट क्लस्टर केसहरु पुष्टि भएका छन्। गत मंगलवार मात्र पुष्टि भएका ८० मध्ये ५५ केस डान्स क्लबसँग सम्बन्धित थिए। गत जनवरी देखि हङकङमा पुष्टि भएको धेरै संख्यामा हो।

त्यहाँका चिकित्सकहरुले कोभिड-१९ संक्रमणको चौथो वेभ सुरु हुनसक्ने चेतावनी दिएका छन्। जाडो मौसम सुरु हुँदै गर्दा संक्रमण दर बढ्ने र संक्रमणको जोखिमलाई बढाउँदै लैजाने चिकित्सकहरुले त्यहाँको सरकारलाई चेतावनी दिँदै आएका छन्।

हङ्‍कङको थिंक ट्यांक विस्डम हङ्‍कङका अध्यक्ष च्वो पाक चिनले चाइना डेलीमा आफ्नो लेख प्रकाशित गर्दै नेपालबाट आएका यात्रुहरुले भाइरसको 'न्यू स्ट्रेन' देखा परेको बताएका छन्।

'भाइरसको न्यू स्ट्रेन सहित नेपालबाट आएका यात्रुहरुले चौथो वेभलाई अगाडि ल्याउन भूमिका खेलको छ,' उनले भनेका छन्। शरीरमा लुप्त भाइरस बोकेकाहरु भाइरसको संक्रमण फैलाउन मद्दत गरिरहेको बताएका छन्।

'सीमामा प्रवेश कडाइ गर्नु र उनीहरुलाई क्वारेन्टाइनमा राख्नु संक्रमण नियन्त्रणका लागि केही उपायहरु हुन। तर पनि पटकपटक यस्ता कदमहरु असफल भएका छन्। पछिल्लो स्ट्रेन नेपाली यात्रुहरुमा फेला पर्नुले यसको असफलता देखाएको छ,' उनले अगाडि भनेका छन्, 'पछिल्लो महिनामात्र नेपालबाट यात्रुहरुको संख्या बढ्यो उनीहरुसँगै भाइरसको न्यू स्ट्रेन पनि भित्रियो।'

मुइ वो, तुङ चुङ र ताइपोमा समुदायमा संक्रमण देखिएपछि भाइरोलोजिस्टहरुले नयाँ संक्रमणको भाइरल जेनोमको विश्लेषण गरिरहेका छन्।

युनिभर्सिटी अफ हङकङको स्कुल अफ पव्लिक हेल्थ ल्याव्रोटरी साइन्सका प्राध्यापक लियो पुन लिट-म्यानलेको समूहले भाइरल जेनोमको ओरिजिनल नेप्लिज स्ट्रेइन र नेपालबाट आयातित स्ट्रेइनमा समानता फेला परेका छन्।

उनले यो नयाँ स्ट्रेइनले हङकङमा चौथो वेभ ल्याउन भूमिका खेलेको बताएका छन्। विमानस्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका होटल तथा क्वारेन्टाइन स्थलका लागि तोकिएका यातायातका साधनहरुमा संक्रमण सरेको उनले बताएका छन्।

त्यस्तै होम क्वारेन्टाइनमा बसेकाहरु घरमै बसेका छन् वा पर्याप्त नियम पालना गरेका छन् भन्ने निश्चित नभएको र यसले पनि समुदायसम्म संक्रमण फैलिँदै गएको बताएका छन्।

प्रध्यापक पुन र उनको टोलीले नेपाल, भारत, अमेरिका र युरोपेली देशबाट आएका संक्रमित ब्यक्तिहरुबाट लिइएको नमुनाको भाइरल जेनोम र ती देशका स्थानीय संक्रमितहरुको नमुनाको भाइरल जेनोमलाई लिएर विश्लेषण गरेका थिए।

'नेपालबाट ल्याइएका भाइरल जेनोममा त्यहाँ समुदायमा देखिएको संक्रमणको भाइरल जेनोम ९९ प्रतिशत कहिले काँही शतप्रतिशत पनि मिलेको छ,' उनले भनेका छन्।

भाइरोलोजिस्टहरु संक्रमणको एकिन बाटो कुन हो भनेर पत्ता लगाउने जिम्मा सेन्टर फर हेल्थ प्रोटेक्सनको भएको बताएका छन्। तर, पनि हङकङमा समुदयामा संक्रमण फैलिनुमा यो नेपालबाट आएका केसहरुको भूमिका बढी भएको बताएका छन्।

नेपालबाट सेप्टेम्बर ११ मा फर्किएका ७३ वर्षकी महिलामा अक्टोवर ४ मा मात्र संक्रमण पुष्टि भएको थियो। उनले क्वारेन्टाइन अवधि सकिसकेकी थिइन। उनका परिवारका दुई सदस्यलाई पछि संक्रमण पुष्टि भयो। यस घटनाले संक्रमण समुदायसम्म पुगेको पुष्टि गर्ने हङकङ विश्वविद्यालयका माइक्रो वायोलोजिस्ट डाक्टर हो पाक-लेयुङले बताएका छन्।

हङकङ सरकारले अति उच्च जोखिममा रहेको १५ देशहरुको सूचीमा नेपाललाई पनि राखेको छ। यी देशबाट हङकङ जाने यात्रुलाई अनिवार्य रुपमा कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ। र, दुई साता होम क्वारेन्टाइन वा स्थानीय होटलमा बिताउनुपर्छ। तर, नेपाल एयरलाइन्सबाट त्यहाँ पुगेका यात्रुहरुमा संक्रमण तीन पटकसम्म प्रतिबन्ध लागिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell