PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

प्रधानमन्त्री पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको बाढी



पहिलोपोस्ट

प्रधानमन्त्री पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको बाढी

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने।

हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज ८० हजार बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्।

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound - We support Nepal - KP Sharma Oli



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell