PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुईजना बालिकाको बलात्कार अभियोगमा पर्सामा दुई व्यक्ति पक्राउ



राधेश्याम पटेल

दुईजना बालिकाको बलात्कार अभियोगमा पर्सामा दुई व्यक्ति पक्राउ

वीरगंज : पर्सा प्रहरीले बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा,सुखवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने १९ वर्षिय तेजशंकर चौधरी र विन्दावासिनी गाउँपालिका वडा नं ४ अमरपट्टि बस्ने उमेश ठाकुर रहेका छन्।

चौधरीले गाउँ कै ४ वर्षीया बालिकालाई बलात्कार गरेको र ठाकुरले ६ वर्षीया बालिकाको बलात्कारको अभियोगमा पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

गाउँमा खेलिरहेको अवस्थामा चौधरीले नरिवल दिने प्रलोभनमा पारी ४ वर्षीया बालिको बालात्कार गरेका र ठाकुरले बालिकको यौनाङमा औला पसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दुवै बालिकाको स्वास्थ्य परीक्षण भईसकेको छ। हाल उनीहरुको अवस्था समान्य रहेको पर्सा प्रहरीले जनाएको छ।

चौधरी र ठाकुरमाथि जबरजस्ती करणी मुदा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

चालू आर्थिक वर्षको साउन यता,पर्सामा १५ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell