PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकार असफल हुँदै गर्दा जगमगाउँदै राजावादी, काठमाडौंको र्‍यालीमा बच्चादेखि बुढासम्म

सरकार असफल हुँदै गर्दा जगमगाउँदै राजावादी, काठमाडौंको र्‍यालीमा बच्चादेखि बुढासम्म

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय शक्ति नेपालले राजतन्त्रको पक्षमा आज काठमाडौंमा प्रदर्शन गरेको छ।

केही समयदेखि देशका विभिन्न भागमा पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले राजतन्त्रको पक्षमा सभा र  र्‍यालीहरु गर्दै आएका छन्। राजधानीमा पनि केही दिनदेखि राजतन्त्रको पक्षमा दैनिकजसो प्रदर्शन भइरहेको छ।

आज पनि राजतन्त्र समर्थकहरु माइतीघरमा राष्ट्रिय झण्डा बोकेर जम्मा भएका थिए। माइतीघरबाट बानेश्वर पुगेकाउ उनीहरु  'राजा जनता एक हौं', 'राष्ट्रिय एकता कायम गर' भन्दै नारा लगाएका थिए। 

जबजब सरकार जनताको दैनिकसँग जोडिएका विषयलाई सम्बोधन गर्न असफल हुन्छ त्यतिखेर राजावादीहरुको सक्रियता बढ्ने गर्छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक कलह र प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेस निस्तेज अवस्थामा रहँदा राजावादीहरु सक्रिय देखिएका हुन्। आजको जुलुसमा पनि प्रदर्शनकारीले जनतासँग जोडिएका मुद्दालाई उठाएका थिए। 

सत्तारुढ दल र प्रतिपक्षी दुवैप्रति जनस्तरमा बढ्दो वितृष्णासँगै राजावादीहरुको जुलुसमा उपस्थितहरुको संख्या बढ्दो छ।



ट्रेन्डिङ पोस्ट

Ncell