PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अछाममा सडकबाट ५० मिटर तल खसेर बस दुर्घटना, एकको मृत्यु, १७ घाइते



रासस

अछाममा सडकबाट ५० मिटर तल खसेर बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

डोटी : अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन्। बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताए।

उनले भने, ‘घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ।’ घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ। बस सडकबाट ५० मिटर तल खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell