PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले नियन्त्रणमा लियो जातीय हिंसा, टर्‍यो ठूलो दुर्घटना



पहिलोपोस्ट

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले नियन्त्रणमा लियो जातीय हिंसा, टर्‍यो ठूलो दुर्घटना

काठमाडौं: दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले हिंसा नियन्त्रण गरेको छ।हिंसा नियन्त्रण हुँदा सम्भावित ठूलो दुर्घटना टरेको बताइएको छ।

शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित क्युबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको टम्पोररी अपरेटिङ्ग वेश (टिओबी) बाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकको टोलीले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

गण हेडक्वार्टर तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० किमि उत्तर पश्चिममा अवस्थित क्युबेट इलाका नजिकै रहेको काटेल क्याम्पमा चोरी गर्न आएको भनिएको कंगोर जातिका एक व्यक्तिको झडपमा मृत्यु भएको घटनाले ‘कंगोर’ तथा ‘अयल’ जातिका मानिसहरुबीच हिंसाको रुप लिएको थियो।

हिंसा भड्किन सक्ने खबर प्राप्त हुनासाथ टिओबीबाट सह सेनानी विज्ञान बिष्टको कमाण्डमा एक से.मु.को नफ्रिमा क्वीक रियक्सन फोर्स (क्वीआरएफ) सो इलाकातर्फ परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो। उक्त ईलाकाको सुरक्षा स्थीति सामान्य भए पश्चात यूएन मिसनका अन्य कम्पोनेन्टहरुबाट त्यहाँस्थित विभिन्न जातीय समुदायबीच शान्ति कायम गराउने कार्य शुरु गरेको थियो।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयुक्त राष्ट्र संघबाट उच्च प्रशंसा हुँदै आएको जंगी अड्डाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell