PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

सिकिस्त बिरामी परेकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार



रासस

सिकिस्त बिरामी परेकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
फाइल फोटो।

भोजपुर : बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका-४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको सोमवार अपराह्न उद्धार गरिएको हो।

श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौंबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell