PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश १ मा २२६ कोरोना संक्रमित थपिए : १०२ डिस्चार्ज, ४ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा २२६ कोरोना संक्रमित थपिए : १०२ डिस्चार्ज, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा सोमवार २२६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५/५, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा १/१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३/३, सुन्दरहरैचा र कानेपोखरीमा २/२, रंगेली, ग्रामथान र लेटाङमा १/१ र स्थानीय तह नखुलेका ४ जना संक्रमित थपिएका छन्।

त्यस्तै, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४/४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३/३,  मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २/२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

यता ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १/१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २/२, शहिदभूमीमा १, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ।

प्रदेश १ सोमवार आज १०२ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ।

प्रदेश १ मा सोमवार १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ९१ ह्जार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ का एक महिलासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाका २ पुरुषको मृत्यु भएको छ। त्यस्तै, मोरङका एक पुरुष र इलामकी एक महिला संक्रमितको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell