PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

एचआइभी संक्रमितको सम्झना, एड्स दिवसको पूर्व सन्ध्यामा दीप प्रज्जवलन

एचआइभी संक्रमितको सम्झना, एड्स दिवसको पूर्व सन्ध्यामा दीप प्रज्जवलन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्व एड्स दिवसको पूर्व सन्ध्यामा माइतीघरमा दीप प्रज्जवलन गरिएको छ। 

डिसेम्बर १ मा विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर एड्स दिवस मनाइने गरिन्छ। एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो। 

एचआइभीको रोकथामका साथै जनचेतना फैलाउन सुरु भएको यो दिवसका अवसरको पूर्व सन्ध्यामा माइती नेपालले सोमबार साँझ गौशालामा दीप प्रज्जवलन गरेको हो।

नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ।

ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ। यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको केन्द्रले जनाएको छ।

यस्तै नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको केन्द्रले जनाएको छ।

नेपालमा ‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ नरा दिएर विश्व एड्स दिवस मनाइदै छ ।



ट्रेन्डिङ पोस्ट

Ncell