PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

अवैध सालको काठसहित दुई जना पक्राउ



पी बी खड्का

अवैध सालको काठसहित दुई जना पक्राउ

सुर्खेत : अवैध काठ ओसारपसार गर्ने दुई जनालाई काठसहित प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका-९ खेतुस्थित कर्णाली प्रदेश ०२००१ त ००९४ नम्बरको ट्याक्टर चालक सुरेश नेपाली र सोही स्थानका ओमप्रकाश भुसाल पक्राउ परेका हुन्।

अवैध सालको चिरान काठ ७१ थान कडी बरामद गरेको प्रहरीले जनाएको छ। चिरान काठ ओसारपसार गरिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले नियन्त्रणमा लिएको हो।

पक्राउ गरिएका दुवै जना र काठ सहितको ट्याक्टरलाई चौकुने गाउँपालिका सव बन डिभिजन कार्यालयलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell