PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

रिङरोड र रेल्वेको कामले चाडै गति लिन्छ : सामाजिक विकासमन्त्री घिमिरे



पहिलोपोस्ट

रिङरोड र रेल्वेको कामले चाडै गति लिन्छ : सामाजिक विकासमन्त्री घिमिरे

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अवरुद्ध भएको मोरङको रिङरोड र रेल्वेको कामले छिट्टै गति लिने बताएका छन्। मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अब निर्माणले गति लिने मन्त्री घिमिरेको भनाइ छ।

मुआब्जाको विवाद समाधानतर्फ गएको हुँदा रिङरोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने उनले बताए। कटहरी-१ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले मोरङको कटहरीले इतिहासमा अहिले सम्म नपाएको बजेट पाइरहेको बताए।

उनले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन वर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन्।’

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित टेबल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गरेका थिए। उनले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लब मार्फत खेलाडीहरुलाई वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell