PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

अध्यक्षको राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता हो : शंकर पोखरेल



पहिलोपोस्ट

अध्यक्षको राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता हो : शंकर पोखरेल

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु उचित नभएको बताएका छन्।

पार्टीभित्रको जारी विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बहुमतका साथ अघि बढ्ने अडानमा रहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली निकट पोखरेलले फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन्।

उनले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाउनु र राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो भनेका छन्।

नेकपा विवादमा ओली समूह सहमतिबाटै अगाडि बढ्ने र प्रचण्ड समूह बहुमतका आधारमा अगाडि बढ्ने अडानमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell