PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

तथ्यांकमा कोभिड-१९ को पछिल्लो अवस्था : कूल संक्रमितको ४७ प्रतिशत उपत्यकामै, मर्ने पनि ३८ प्रतिशत उपत्यकाकै



विधुर ढकाल

तथ्यांकमा कोभिड-१९ को पछिल्लो अवस्था : कूल संक्रमितको ४७ प्रतिशत उपत्यकामै, मर्ने पनि ३८ प्रतिशत उपत्यकाकै

काठमाडौं : कोभिड-१९ संक्रमणको खराब देशहरुको सूचीमा नेपाल ३७ औं स्थानमा छ। सोमवार मध्यान्हसम्मको अध्यावधिक रिपोर्ट अनुसार नेपालमा दुई लाख ३३ हजार ४ सय ५२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। विश्वभर हालसम्म ६ करोड ३५ लाख ८९ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भइसकेको छ। कूल संक्रमितको ०.३७ प्रतिशत नेपालामा रहेको छ।

हालसम्म नेपालमा संक्रमण पुष्टि भएमध्ये ९१.९ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म दुई लाख १४ हजार ५ सय २१ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै, हालसम्म नेपालमा एक हजार ५ सय ८ जनाको मृत्यु भइसकेको छ। जुन कुल संक्रमितको ०.६ प्रतिशत हो। हालसम्म नेपालम संक्रमण पुष्टि भएका मध्ये ७.५ प्रतिशत अझै आइसोलेसनमा रहेका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ रहेको छ।

संक्रमणको प्रदेशगत अवस्था

कुल संक्रमितमध्ये सबैभन्दा बढी वागमती प्रदेशमा संक्रमित पहिचान भएका छन्।

कूल संक्रमितको ५४.९ प्रतिशत वागमती प्रदेशमा संक्रमित पहिचान भएका छन्। त्यस्तै कूल संक्रमितको ११.७ प्रतिशत प्रदेश १ मा संक्रमित पहिचान भएका छन्। लुम्बिनी प्रदेशमा ११ प्रतिशत, प्रदेश २ मा ८.६ प्रतिशत र गण्डकी प्रदेशमा ६.१ प्रतिशत छन्। सुदुरपश्चिम प्रदेशमा ५.१ प्रतिशत हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा २.६ प्रतिशत छन्।

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ८ पुगेको छ। जसमध्ये सबैभन्दा बढी वागमती प्रदेशमा ५०.१ प्रतिशत छ। वागमतीमा मात्र ७ सय ५६ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा १३.३ प्रतिशत अर्थात् २ सय १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, प्रदेश २ मा १३ प्रतिशत अर्थात् १ सय ९६ जनाको मृत्यु भएको छ। प्रदेश १ मा १ सय ९१ (१२.७%), गण्डकीमा १ सय९ (६.८%), सुदूर पश्चिममा ३८ (२.५%), र कर्णाली प्रदेशमा २३ (१.५%) को मृत्यु भएको छ।

हाल नेपालमा १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी वागमती प्रदेशमा ६०.९ प्रतिशत छन्। वागमतीमा १० हजार ६ सय २ जना सक्रिय संक्रमित आइसोलेसनमा छन्। त्यस्ते लुम्बिनी प्रदेशमा ११.३ प्रतिशत अर्थात् एक हजार ९ सय ६२ जना सक्रिय संक्रमित छन्।

कूल सक्रिय संक्रमितको ११ प्रतिशत प्रदेश १ मा छन्। प्रदेश १ मा एक हजार ९ सय १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै गण्डकी प्रदेशमा १०.२ प्रतिशत अर्थात् एक हजार ७ सय ८४ जना सक्रिय संक्रमित छन्।

सुदूर पश्चिम प्रदेशमा ६ सय ३८ (३.७%), प्रदेश २ मा ३ सय ६५ (२.१%), र कर्णाली प्रदेशमा १ सय ५३ (०.९%) सक्रिय संक्रमित छन्।  

संक्रमणको जिल्‍लागत विवरण

संक्रमण पुष्टि भएका कूल संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन्। कूल संक्रमितको झण्डै ५० प्रतिशत उपत्यकाका मात्र छन्। काठमाडौं उपत्यकामा एक लाख ९ हजार १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको ४६.७५ प्रतिशत हो।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ८७ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर जिल्लामा १३ हजार १ सय ९६ जनामा संक्रमित पहिचान हुँदा भक्तपुर जिल्लामा ७ हजार ९ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, मोरङ जिल्लामा १२ हजार १५, सुनसरीमा ८ हजार ३ सय ४५, रुपन्देहीमा ८ हजार १ सय ५७, चितवनमा ६ हजार ८ सय ७१ र कास्कीमा ५ हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

कहाँ कति सक्रिय संक्रमित?

कूल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र ९ हजार ३ सय ६३ जना छन्। जुन कूल सक्रिय संक्रमितको ५३.७३ प्रतिशत हो। सक्रिय संक्रमितमध्ये काठमाडौंमा मात्र ७ हजार २ सय ७०, ललितपुरमा एक हजार ४ सय ५२ र भक्तपुरमा ६ सय ४१ जना छन्।

त्यस्तै, कास्की जिल्लामा ८ सय ६९, झापामा ७ सय १५,  र रुपन्देहीमा ५ सय १ जना सक्रिय संक्रमित छन्। डोल्पा र मनाङमा सक्रिय संक्रमित छैनन् भने कालिकोटमा १ र हुम्ला र मुगुमा २/२ जना सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell