PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

धुम्बाराहीमा स्थगित भएको बैठक बालुवाटारमा, प्रधानमन्त्रीलाई जवाफ दिने प्रचण्डको तयारी



पहिलोपोस्ट

धुम्बाराहीमा स्थगित भएको बैठक बालुवाटारमा, प्रधानमन्त्रीलाई जवाफ दिने प्रचण्डको तयारी

काठमाडौ: नेपाल कम्यनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'भर्खरै प्रधानमन्त्री बैठकमा उपस्थित हुनुभयो। बैठक सुरु भएको छ,' उनले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको जवाफ दिएसँगै १३ गते बैठक स्थगित भएको थियो।

कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव राखेपछि मंसिर ३ गतेको बैठकमा ओलीले जवाफको तयारीका लागि १० दिनको समय मागेका थिए। 

१३ गतेको बैठकमा ओलीले प्रचण्डलाई ३७ पृष्ठ लामो जवाफ दिएका थिए। 

मंगलवारको सचिवालय बैठक पार्टी कार्यालयमा तोकिएको भएपनि ओलीले जान अस्वीकार गरेपछि बैठक बालुवाटारमै बोलाइएको हो।

ओली र प्रचण्डका प्रस्तावमाथि आज छलफल हुदै छ। प्रधानमन्त्रीको जवाफबाट आक्रोशित बनेका प्रचण्डले आज फेरी ओलीलाई नै जवाफ दिने तयारी गरेको बताइएको छ। नेकपाको बिवाद बढदै गएपछि समाधानका लागि मंसिर १८ मा स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।  प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समुह बैठक बाटै बहुमतको निर्णय गराएर निष्कर्शका पुग्नुपर्ने अडानमा छ भने ओली समुह दुई अध्यबीच सहमति हुनुपर्ने बटमलाईनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell