PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

क्रिकेटमा लगानी बढाउँदै शाहरुख, अमेरिकी लिगमा पनि लगानी गर्ने



पहिलोपोस्ट

क्रिकेटमा लगानी बढाउँदै शाहरुख, अमेरिकी लिगमा पनि लगानी गर्ने

बलिउड अभिनेता शाहरुख खानले अमेरिकी क्रिकेटमा पनि लगानी गर्ने भएका छन्। इण्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा लगानी गरिसकेका शाहरुखले अमेरिकी लिगमा पनि लगानी गर्ने भएका हुन्।

शाहरुख अमेरिकी टी २० लिगमा लस एन्जल्स नाइटराइडर्सको मालिक हुने बताइएको छ।

अमेरिकी टी २० लिगमा ६ टिम हुनेछन् जसमा न्युयोर्क, सन फ्रान्सिस्को, वासिङ्टन डिसी, सिकागो, डलास र लस एन्जल्स रहनेछन्। यो लिग सन् २०२२ मा सुरु हुने बताइएको छ।

यसअघि शाहरुखले आईपीएलमा कोलकता नाइट राइडर्स र सीपीएलमा ट्रिनबागो नाइटराइडर्समा लगानी गरेका छन्।

'केही वर्षयता नाइट राइडर्स ब्राण्डलाई हामी वैश्विक तवरमा बढाउने प्रयास गरिरहेका छौं। यसै अन्तर्गत यूएसएमा हुन गइरहेको टी २० फ्रेन्चाइज लिगको अर्गनाइजर्ससँग पनि हामी सम्पर्कमा थियौं। विश्वमा जहाँ ठूलो क्रिकेट लिग हुनेछ त्यहाँ हामी लगानीको अवसर खोज्नेछौं।' खानले मुम्बइमिररसँग भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell