PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

१० महिनाअघि किशोरीको बलात्कार, सन्तान जन्मिएपछि पक्राउ परे आरोपी



पहिलोपोस्ट

१० महिनाअघि किशोरीको बलात्कार, सन्तान जन्मिएपछि पक्राउ परे आरोपी

ओखलढुंगा : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ बस्ने २९ वर्षीय वीर बहादुर मगरलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले गत शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell