PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सचिवालय बैठकमा महासचिवको बर्थ डे सेलिब्रेसन, काटियो केक



पहिलोपोस्ट

सचिवालय बैठकमा महासचिवको बर्थ डे सेलिब्रेसन, काटियो केक

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसेको बैठकमा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलेको जन्मदिन मनाइएको छ। आजको बैठकको सुरुवात पौडेलको जन्मदिन मनाएर सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

पौडेलाई दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएर बधाइ दिएका थिए। पौडेलको ६२ औं जन्मदिनका अवसरमा उपाध्यक्ष वामदेव गौतमले १ सय बर्ष बाँच्न शुभकामना दिएका छन्।

'उपाध्यक्ष कमरेड वामदेवले सय वर्ष बाच्नुस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिनुभयो,' थापाले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको जवाफ दिएसँगै १३ गते बैठक स्थगित भएको थियो। कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव राखेपछि मंसिर ३ गतेको बैठकमा ओलीले जवाफको तयारीका लागि १० दिनको समय मागेका थिए। 

१३ गतेको बैठकमा ओलीले प्रचण्डलाई ३७ पृष्ठ लामो जवाफ दिएका थिए। 

मंगलवारको सचिवालय बैठक पार्टी कार्यालयमा तोकिएको भए पनि ओलीले जान अस्वीकार गरेपछि बैठक बालुवाटारमै बोलाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell