PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

यातायात व्यवसायीको समन्वय नमिल्दा मुगलान हिँडेका १३० जना नेपाली अलपत्र



एम बम

यातायात व्यवसायीको समन्वय नमिल्दा मुगलान हिँडेका १३० जना नेपाली अलपत्र

कैलाली : रोजगारीको खोजीमा भारत जान लागेका नेपालीहरूलाई यातायात व्यवसायीले नेपाल फर्काइदिएका छन्। धनगढीबाट भारतका विभिन्न सहरमा जानका लागि टिकट लिएर गएका नेपालीहरूलाई भारत तर्फका यातायात व्यवसायीले गन्तव्यसम्म नपुर्‍याउने भन्दै नेपाल फर्काएका हुन्।

कैलालीको धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेस्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टुर एन्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनीहरूलाई पलियामै अलपत्र छाडिएपछि मङ्गलवार बिहान १ बजे उनीहरू फेरि धनगढी फर्किएका थिए। उनीहरू त्यहाँबाट फर्केर बिहानै धनगढी आइपुगेका छन्।

भारतमा गन्तव्यसम्म पुग्नका लागि टिकट काटेर पनि पुनः धनगढी फर्कँदा बर्दादेवी टुर एन्ड ट्राभल्स एजेन्सीको ठगीका कारण आफूहरूले दुःखपाएको कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५, अण्डैयाका राजकुमार गिरीले गुनासो गरे।

भारततर्फका यातायात व्यवसायीहरूले धनगढीबाट आफूहरूलाई दिनुपर्ने रकम नदिइएकाले नेपालमा काटिएको टिकटबाट लैजान नसकिने बताएको पलियाबाट नेपाल फर्किएकाहरूको भनाई छ।

पलियाबाट मध्यराती नेपाल फर्किएका १३० जना यात्रु न्याय माग्न प्रहरी कहाँ पुगेका छन्। उनीहरूले आफूहरूलाई ठगी गरेर अलपत्र पारेको बर्दादेवी टुर एन्ड ट्राभल्सविरुद्ध उजुरी दिने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell