PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

थप १३०४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि २१ जनाको मृत्यु



पहिलोपोस्ट

थप १३०४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि २१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ३०४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सो अवधिमा परीक्षण भएका नमुना मध्ये १५.२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ८ हजार ५८३ नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ। त्यस्तै सोही अवधिमा दुई हजार ७३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै दुई लाख १६ हजार ५९४ जना संक्रमण मुक्त भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या एक हजार ५२९ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell