नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्। जीवनले पनि रमेशसँगै एकै मण्डपमा सँगै विहे गर्दैछन्। उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेका छन्।
समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ। उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ। दृष्टिविहीन भए पनि उनको ज्ञान, बोल्ने शैली र क्षमताबाट मानिसहरु प्रभावित छन्। उनी दोहोरीमा पनि अब्बल छ्न्।
को हुन दुलही?

कालो टिसर्टमा नन्दा सिंह । तस्विर : रासस
ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन्। नन्दा पनि दृष्टिविहीन हुन्। उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्। बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन्। संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ।
रमेशका साथी जीवनले भने जुनु तामाङसँग गर्दैछन्। रमेश र जीवन १२ वर्षदेखि सँगै बस्दै आएका छन्। आफ्नो मित्रतालाई कायम राख्दै उनीहरुले एकै मण्डपमा एकै दिन विहे गर्ने निर्णय गरेका छन्।
मङ्सिर १७ रमेश प्रसाईं काठमाण्डौ र २२ गते जीवन बिस्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १२ वर्ष लामो हाम्रो मित्रताको...
Posted by Zeewan Bista on Tuesday, December 1, 2020
