PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारती खरेल स्मृति पुरस्कार स्थगित, परिस्थिति समान्य भएपछि वितरण गरिने



पहिलोपोस्ट

भारती खरेल स्मृति पुरस्कार स्थगित, परिस्थिति समान्य भएपछि वितरण गरिने

काठमाडौं : कोभिड-१९ का कारण भौतिक दुरी कायम गरी औपचारिक कार्यक्रम गर्न नसकेपछि यस वर्ष ८३ औं भारती खरेल स्मृति पुरस्कार प्रदान गर्ने समय स्थगित भएको छ।

वर्षैपिच्छे साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्मजयन्तीमा आयोजना हुँदै आएको पुरस्कार वितरण कार्यक्रम परिस्थिति अनुकूल भएपछि आयोजना गरिने भारती खरेल प्रतिष्ठानले जनाएको छ।

'कोभिड-१९का कारण यो वर्ष भदतिक दुरी कायम गर्दै औपचारिक समारोह आयोजना गर्न सकेनौँ। परिस्थिति अनुकूल भएपछि उपयुक्त समयमा उपयुक्त व्यक्ति वा संस्था चयन गरी स्थगित समारोह पुनः आयोजना गरी परस्कृत गर्ने छौँ,' प्रतिष्ठानका सदस्य सचिव प्रयागराज वाशिष्ठले भने।

वरिष्ठ समाजसेवी चन्द्रिकानन्द खरेल (पति) , वरिष्ठ गायक दीपक खरेल (छोरा) लगायतले स्थापना गरेको प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते यस्तो समारोह गर्दै आएको थियो। प्रतिष्ठानले साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्म जयन्तीको अवसरमा साहित्य, समाजसेवा, भक्ति लगायत विभिन्न क्षेत्रमा आवद्ध विशिष्ठ व्यक्ति एवं संस्थालाई पुरस्कृत गर्दै आएको थियो।

गत वर्ष साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलाई सम्मानपत्रसहित ५१ अजार रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।

२०४९ सालमा भारती खरेल प्रतिष्ठान स्थापना भएदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कार स्वामी प्रपन्नाचार्य, दयारवीर सिंह कंसकार, भीमबहादुर अधिकारी लगायत व्यक्ति र स्वर्गद्वारी आश्रम, जाउलाखेल सत्संग परिवार, अद्वैत संस्था, महेश गुरुकुल सन्याश्रम लगायत संस्थाहरुलाई समेत प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell