PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा फ्रेन्च नागरिक पक्राउ, ३ नाबालकको उद्धार



पहिलोपोस्ट

बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा फ्रेन्च नागरिक पक्राउ, ३ नाबालकको उद्धार

कास्की : बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय क्रिस्टियन सर्ज हेनरी नौगारटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग/शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो।

विभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको हो। पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ।

उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमा बुझाइएको तथा पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको उक्त ब्यूरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell