PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा १७९ संक्रमित थपिए : ९२ जना डिस्चार्ज, ३ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा १७९ संक्रमित थपिए : ९२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा मंगलवार १७९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २/२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४/४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन्।

मोरङको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २/२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १/१, सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १/१, पाँचथरको फिदिम र मिक्लाजुङमा १/१, तेह्रथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १/१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार ८३५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ९२ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार ९२ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट ५, मेची अस्पतालबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३७७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोना संक्रमणका कारण ३ जना संक्रमित महिलाको मृत्यु भएको छ। झापाका २ महिला र मोरङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell