PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

इटहरी उपमहानगरद्वारा अपाङ्गता भएका परिवारलाई एक लाख सहयोग, ‘मायाँ घर’मा न्यायो कपडा वितरण



फूलमाया पुरी

इटहरी उपमहानगरद्वारा अपाङ्गता भएका परिवारलाई एक लाख सहयोग, ‘मायाँ घर’मा न्यायो कपडा वितरण

विराटनगर : इटहरी उपमहानगरपालिकाले एकै परिवारका चार छोराछोरी अपाङ्गता भएका परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ।

इटहरी-२ स्थित तामाङ चौक निवासी लक्ष्मण तामाङका चार जना छोराछोरी अपांङ्गता भएका छन्। उनकै घरमा आयोजित एक कार्यक्रममा उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।

तामाङ परिवारका १५ देखि ३० वर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा देख्न सक्दैनन्। कान्छो छोरा बाहेक कोहि पनि बोल्न समेत सक्दैनन् भने उनीहरु हिँड्डुल गर्न र बस्न पनि सक्दैनन्। उनीहरुलाई सहयोगीले ओल्टाइपल्टाइ गर्नुपर्छ। अत्यन्तै कम मात्रामा आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको परिवारले बताए।

गत वर्ष पनि चार जना अपांङ्गता भएका छोरा छोरीको भरणपोषणका लागि उपमहानगर प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फबाट एक लाख रुपैयाँको चेक घरैमा गएर प्रदान गरेका थिए।

त्यस्तै, गत वर्ष नै उपप्रमुख गौतमले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातो कार्ड घरमै पुगेर वितरण पनि गरेकी थिइन्। रातो कार्ड प्राप्त गरेपछि अपाङ्गता भएका उनीहरुले मासिक प्रतिब्यक्ति तीन हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्।

यसरी स्थानीय सरकार घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरुका बुवा लक्ष्मण तामाङ खुशी व्यक्त गरे।

लक्ष्मण तामाङका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन्। त्यसपछि विस्तारै आँखा देख्न छाडिन्। एक वर्षमा पूरै आँखा नदेख्ने भइन्। त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो र केहि समयपछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन्।

‘अरु दुई जनालाई पनि ठयाक्कै त्यस्तै भयो’, तामाङले भने, ‘कान्छो छोराले पनि आँखा देख्न सक्दैन, तर हिडडुल गर्न भने सक्छ।’

यसैगरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरबाट ‘मायाँ घर’ इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ। उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell