PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रियल मड्रिड शख्तरसँग पराजित



पहिलोपोस्ट

रियल मड्रिड शख्तरसँग पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘बी’ को खेलमा रियल मड्रिड शख्तर डोनेस्कसँग पराजित भएको छ। एनएससी ओलिमपियस्कीमा भएको खेलमा रियलमाथि घरेलु टोली सख्तरले २-० को जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा शख्तरले अग्रता बनाएको थियो। खेलको ५७ औं मिनेटमा डेन्टिन्होले शख्तरलाई अग्रता दिलाउँदा ८२ मेनर सोलोमनले अग्रता दोब्बर बनाए। उता रियलले गोल फर्काउन नसक्दा खेल २-० ले गुमाउन पुग्यो।

पराजयसँगै दवाबमा परेका रियलका प्रशिक्षक जिनेदिन जिदानले आफू राजीनामा दिने सोचमा नरहेको बताएका छन्। केही दिनअघि मात्र ला लिगामा मड्रिड अलाभेससँग पराजित भएको थियो।

जितसँगै शख्तरले ७ अंक जोड्दै समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। समान ७ अंक जोडेको रियल तेस्रो स्थानमा छ। गएराति नै भएको अर्को खेलमा समूहको पुछारमा रहेको इन्टरमिलानले समूहको शीर्षस्थानमा रहेको ग्लाडबाखलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell