यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘बी’ को खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखमाथि जित निकालेको छ। बोरुसिया पार्क स्टेडियममा भएको खेलमा मिलानले ३-२ गोल अन्तरले संघर्षपूर्ण जित निकालेको हो।
इन्टरको जितमा रोमेलु लुकाकुले दोहोरो गोल गर्दा म्याट्टेओ डर्मिएनले एक गोल गरे। उता घरेलु टोलीका लागि एलास्साने प्लिले दोहोरो गोल गरे।
खेलको १७ औं मिनेटमा इन्टरले डर्मिएनको गोलमा अग्रता बनाएको थियो। तर पहिलो हाफको अतिरिक्त समयमा प्लिले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा लुकाकुले फेरि इन्टरलाई अग्रता दिलाए। उनले खेलको ६४ औं मिनेट र ७३ औं मिनेटमा गोल गर्दा घरेलु टोलीका प्लिले ७५ औं मिनेटमा गोल गरे।
जितका बावजुत ५ अंक जोडेको इन्टर समूहको पुछारमा छ भने ८ अंक जोडेको ग्लाडबाख तालिकाको शीर्षस्थानमा छ।
