PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आयाक्समाथि लिभरपुलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

आयाक्समाथि लिभरपुलको संघर्षपूर्ण जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘डी’ को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्समाथि संघर्षपूर्ण जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले १-० को जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लिभरपुलले निर्णायक गोल गरेको थियो। लिभरपुलका लागि कर्टिस जोन्सले ५८ औं मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै लिभरपुलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

त्यस्तै गएराति नै भएको समूह ‘डी’ कै अर्को खेलमा एटलान्टा र मिजुल्याण्ड १/१ को बराबरीमा रोकिए। मिजुल्याण्डले अलेक्जेन्ड स्कोल्जको गोलमा खेलको १३ औं मिनेटमा लिएको अग्रतालाई घरेलु टोलीका क्रिस्टियन रोमेरोले ७९ मिनेटमा बराबरीमा ल्याएका थिए।

समूह डी मा लिभरपुल १२ अंकसहित शीर्षस्थानमा छ भने एटलान्टा ८ अंकसहित दोस्रो र आयाक्स ७ अंकसहित तेस्रो स्थानमा छन्। त्यस्तै १ अंक जोडेको मिजुल्याण्ड समूहको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell