PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

अग्रता जोगाउन नसक्दा बायर्नसँग बराबरीमा रोकियो एटलेटिको मड्रिड



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा बायर्नसँग बराबरीमा रोकियो एटलेटिको मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘ए’ को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बायर्न म्युनिख बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली मड्रिड बायर्नसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलको २६ औं मिनेटमा जोआओ फिलिक्सको गोलमा एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको बायर्नलाई थोमस मुलरले बराबरीमा ल्याए। उनले खेलको ८६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। र, खेल १-१ को बराबरीमा टुंगियो।

त्यस्तै गएराति नै भएको समूह ‘ए’ कै अर्को खेलमा आरबी साल्जबर्गले लोकोमोटिभ मस्कोमाथि ३-१ गोल अन्तरले जित निकाल्यो।

समूह ‘ए’ बाट ५ खेलमा १३ अंक जोडेको बायर्न म्युनिखले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ भने ६ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ। त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमश ४ अंक जोडेको साल्जबर्ग र ३ अंक जोडेको लोकोमोटिभ छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell