PahiloPost

Jan 20, 2021 | ७ माघ २०७७

भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर, नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय



कमलराज भट्ट

भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर, नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय

दार्चुला (छाङरु) : छाङरुमा इन्टरनेट चल्न थालेको दुई वर्ष भयो। भायनेटले दुई वर्षअघि कौवाभन्दा माथिको डाँडामा टावर राख्यो जसलाई स्थानीयले ज्याख्ती टावर भन्छन्। सरकारसँगको सम्झौताअनुसार भायानेटले यहाँको स्वास्थ्य चौकीलाई केन्द्रित गरेर नि:शुल्क इन्टरनेट सेवा दिइरहेको छ।

स्थानीयहरु इन्टरनेट चलाउन महाकाली किनारको स्वास्थ्य चौकीको परिसरमा भेला हुन्छन्। नेपालीमात्र होइन, महाकाली पारिका भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरु पनि नेपाली नेटमा झुम्मिन्छन्। छाङरुका सुरक्षाकर्मी र स्थानीयका अनुसार नि:शुल्क नेपाली इन्टरनेट चलाउन भारतीय सुरक्षाकर्मीदेखि स्थानीयसम्म आउँछन्।

छाङरुमा नाम्पा हिमालतिरको डाँडामा सीडीएमएको टावर राखेको त धेरै वर्ष भइसकेको छ। यसपालि नेपाल टेलिकम दार्चुलाका प्रमुख केबी गुरुङ कात्तिक अन्तिम साता सीडीएमएको टावर मर्मतका लागि आएका थिए। गुरुङका अनुसार हिउँदमा पनि सशस्त्र प्रहरी गुल्मलाई सञ्चारका लागि ल्याण्ड लाइन सेवा हुनेगरी टावर मर्मत गरिएको छ।

कञ्चनपुरको ब्रह्मदेव, सदरमुकाम खलंगादेखि महाकाली किनारै किनार छाङरुसम्म टेलिकमका साना ठूला टावर छन्। यस क्षेत्रमा यात्रा गर्दा भारतका मुख्यमन्त्री, सुरक्षाकर्मी र नागरिकसम्मले नेपाली सीमकार्ड प्रयोग गर्छन्। कञ्चनपुरदेखि दार्चुलासम्म सीमा जोडिएको छ उत्तराखण्ड राज्यको। यसपालि त झन् टेलिकमले फोरजी इन्टरनेट चल्नेगरी ठूलो टावर ठड्याउँदैछ।

भारतीयहरुले नै स्वीकार्दै आएको कुरा के हो भने त्यस क्षेत्रमा भारतीयभन्दा नेपाल दुरसञ्चार सेवा धेरै अगाडि छ। भारतीय सीमावर्ती गाउँमा नेपालको नेटवर्कले सहजै काम गर्छ। दार्चुलाका पत्रकार विक्रम गिरीका अनुसार हरीश रावत मुख्यमन्त्री हुँदा मोबाइलको टावरका लागि भारतको धारचुला र अन्य सीमावर्ती गाउँमा २०६८/०६९ ताका आन्दोलन नै भएको थियो।

'नेपालजस्तो गरिब देशमा टावर छ। सीम राम्रोसँग चल्छ। हामी धनी र ठूलो देश भएर पनि टावर छैन' भन्दै सीम टावरका लागि बेला बेला उत्तराखण्डमा आन्दोलन गिरीले सुनाए।

हरीश रावत मुख्यमन्त्री हुँदा त्यहाँका मिडियाले नेपाली मोबाइल नेटवर्क प्रयोग गरेर धारचुला लगायतका क्षेत्र गएको विषयलाई व्यङ्ग्यात्मक रुपमा उठाउँदै आएको थियो। ग्रामीण भेगमा भारतीय सञ्चारले काम नगर्दा उत्तराखण्डको चम्पावत र पिथौरागढ जिल्लाका करिब दर्जन ग्राम पञ्चायतका स्थानीयले पनि नेपाली सीम प्रयोग गर्ने गरेको भारतीय मिडियाले खुलासा गर्दै आएका छन्। साथै भारतमा काम गर्न जाने नेपालीले पनि आफ्नै देशको सीमकार्डले काम चलाउँदै आएका छन्।

छाङरुका स्थानीयका अनुसार भारतको कब्जामा रहेको कालापानी क्षेत्रमा कुटी, नाबी, गुन्जीमा पनि नेपाली सीमकार्ड नै प्रयोग हुन्छ।

पिथौरागढको सदरमुकाममै पनि नेपाली सीमकार्डले नेटवर्क टिप्छ। पिथौरागढका डौडा, कनालछिना, पिपली, ओगला, अस्कोट, बगडीहाट, जौलविबी, दुधी, पैयाँपौडी, बलुवाकोट, धारचुला, राथी, खेला, स्याकुरी जैकोट, चौदाँस, गर्ब्याङ लगायत क्षेत्रका स्थानीयसँग नेपाली सीम छ।

अब नयाँ टावर बनेपछि नेपालका साथै भारतीयलाई अझ सहज हुने छाङरुवासी बताउँछन्।

‘अब जतिबेला पनि फोन गर्न पाइने भयो,’ भारतको गर्ब्याङ माइती भएकी चन्द्रा ऐतवालले भनिन्, ‘अब माइती गाउँतिर पनि सजिलै नेपाली सीम चल्छ।’

माइत जाँदा नेपालको सीम चलाएको अनुभव चन्द्रासँग छ।

व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक बोहराले फोरजी टावर जडान भएसँगै छाङरु, तिंकर र सीमावर्ती भारतीय गाउँका बासिन्दा लाभाम्वित हुने बताए।

‘अब टेलिफोनमात्र होइन फोरजी इन्टरनेट पनि चलाउन पाइने भयो। संघीय सरकारलाई धन्यवाद,’ उनले भने।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल टावर जडान मंसिरभित्रै सम्पन्न भए पनि सञ्चालन चाहिँ वैशाखबाट मात्र आउने बताए। यो हिउँद याममा भने छाङरुमा बस्ने सुरक्षाकर्मीले सीडीएमएबाटै काम चलाउनेछन्।

टावरको ५० प्रतिशत काम सकियो

फोरजीको ठेक्का पाएको सीसीआईको भेण्डर कम्पनी कोन्ट इन्फ्राटेकले ३ हजार मिटरको उचाई रहेको छाङरुको महाकाली नदी किनारमा ३५ मिटर अग्लो टावरको ५० प्रतिशत काम सकिसकेको छ। सोलार फाउण्डेशनको काम सकिसकेको छ। ढलानको काम भइरहेको छ।

टावर हाल्नेबाहेक अरु सबै काम अबको सात दिनमा सकिने र थप ७ दिनमा टावर पनि जडान भएर काम सकिने ठेकेदार कम्पनी कोन्ट इन्फ्राटेकका म्यानेजर दिनेश सिंहले जानकारी दिए।

‘टावर जडानका लागि अर्को टोली छाङरु जान्छ। डिसेम्बर १५ सम्म समयसीमा छ। अरु ठाउँमा टावर मात्रै हाल्न तीन दिन लाग्ने भए पनि छाङरुमा चिसो र तीव्र बेगमा हावा चल्ने भएकाले ७ दिनजति लाग्छ। यस बीचमा हिउँ परे पनि घाम लागेको समयमा भए पनि काम गरेर समयमै सक्काउँछौं,’ उनले भने।

कम्पनीले कात्तिक अन्तिम साताबाट काम सुरु गरेको थियो। छाङरु जाने बाटो नहुँदा माउन्टेन हेलिकप्टर भाडामा लिएर टावरका लागि आवश्यक सामान ढुवानी गरिएको थियो। कोन्ट इन्फ्राटेकका म्यानेजर सिंहका अनुसार ११ टन सामान ढुवानी गर्न ३५ लाखभन्दा बढी खर्च भएको छ।



TR SA[ 2020-12-04 04:18:17 ]
छी हाम है भन्ने ईन्डीयाले ठुला ठुला भासण गर्छ हाम्रो जगालाई गुन्डा गीरि गरी नक्सामा देखाईराछ अज हाम्रो औई फाई चलाऊन सरम लाग्दैन।


Ramesh Khadka[ 2020-12-04 01:03:31 ]
राम्रो गरेछ।नजिकको छिमेकी भए पछि ऐचो पैचो चलाउनै पर्छ तब पो असल छिमेकी बन्न सकिन्छ।


Shankar Nath[ 2020-12-04 03:43:09 ]
Aru khi news milen .Desh kun gati ma x putrakar Oli sahab k bhandaixn Kalapani ko bare ma mention bhen .Lut tantra dherai bho Nepal ma .


Rakesh Aidy[ 2020-12-04 07:21:11 ]
hain nepal sarkar le kaile bat garn thalyo feree wifi hahaha


Kamal Acharya[ 2020-12-04 05:22:53 ]
साले उता नेपाल देश नै भारत ले चलाउँछन् यता वाइफाइ को कुरा गर भोसडिके🤣🤣🤣


Devendra Kc[ 2020-12-03 08:41:18 ]
नेपालको वाईफाई चलाएर बिश्व बिजेता बन्ने सपना देख्दैछ भारत।


আচাৰ্য ৰচন[ 2020-12-04 02:44:46 ]
World ko saboi Vanda sasto internet india mai xa bada hakk lauxan


Pandurang Karki[ 2020-12-04 11:25:12 ]
नेपाल टेलिकम नै हुनुपर्छ यता तिर 5जि नेटवर्क आई राछ।


Kumar Chhetri[ 2020-12-02 01:16:17 ]
Khai nepalma free wifi kaha x


Govind Sharma[ 2020-12-04 04:30:28 ]
नेपाली नागरिक ले नागरिकता प्रमाणपत्र पेश न गरि सिम पाईन्न ! भारतिय नागरिक ले सिम कसरी पाउछन् ?


Shrestha Raj Purnl[ 2020-12-04 02:44:34 ]
Indean ko aukat hunu paryo ni t Aafno desko net work chalauna t uhi dulo bhitra baser bukne matrai ho britis ko gulam ko kam nepal sanga bhik mager khadai x kutta haru


Nabaraj Kunwar[ 2020-12-05 03:09:51 ]
याे पनि बिकासकाे पाटाे हाे ।


Typhoon Pradp[ 2020-12-05 05:21:39 ]
नेपाल को नेटवर्क र फ्री वाइफाइको गति बढाउनु परो!


एडिज् रिदम[ 2020-12-04 03:43:55 ]
india ko lagi nepal ek india kai state ho .....


Pratik Shrestha[ 2020-12-03 10:32:06 ]
Kalapani ra limpiyadhur ko k vo ????


Bhisma Dhakal[ 2020-12-04 01:14:48 ]
Bharst ta bhikari ko desh ho


Kaudinya Hari Bhakta Neupane[ 2020-12-05 04:49:32 ]
बडा बात कर्ता है भारत लेकिन भिकारी का देस है भारत


Gokul Khatri[ 2020-12-04 06:22:35 ]
Kasko bawulo free wi fai cha nepal ma,,tower setting pani indian engineering nai ho,,


बिरेन्द्र अधिकारी[ 2020-12-05 01:24:33 ]
यो कुरा चाहिँ सत्य हो आखाले देखेको कुरा👌👌अब कालापानी लिपियाधुरा नेपालको बनायर छोड्दिय कस्तो हुनिथियो होला 😥😥


Deepak Khanal[ 2020-12-05 12:12:57 ]
Dhoti lai lakhetam


Arbind Rouniyar[ 2020-12-05 10:21:45 ]
Nepal maa Kaha free WiFi xa mula KO shag


V-rat Bisht[ 2020-12-05 10:19:54 ]
Free wifi ko kura tw choda sim bata data kine paxi kati charge lagxa thhaa x 🤣🤣🤣


Mukund Chaudhary[ 2020-12-05 09:46:51 ]
Ulto x.


Krishna Dhamala[ 2020-12-05 08:09:36 ]
शहर मा त WiFi एउटा घर मा भयो बने ओरिपरी प्रदान मन्त्री को गार्ड भन्दा 3 गुडअा बढी मान्छे रिंगै बसेर चलाउँछन् नेपाल मा गाउँमा का बाट चलाउनु आउला baratiya


Mimtamu Gurung[ 2020-12-05 07:12:50 ]
नेपाल टेलिकोम लाई धन्याबाद छ। इन्दिअ को समान मात्र हामिले युज गरेर हाम्रो पैसा ईन्डिया लाने? हाम्रो टेलिकोम ले पनि ईन्डिया को पैसा तानेछ राम्रो भएछ


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell