PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा छनोट समिति



पहिलोपोस्ट

पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा छनोट समिति

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिको बैठकले दुई वटा समिति निर्माण गरेको छ। कार्यसम्पादन समितिको मंशिर १५ गतेको बसेको बैठकले क्रिकेट समिति र छनोट समिति गठन गरेको हो।

क्यानले एक विज्ञप्ति निकाल्दै संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको जनाएको हो। दुवै समितिका अन्य सदस्यहरु संघको आगामी बैठकबाट थपिने क्यानले जनाएको छ।

'नेपाल क्रिकेट संघको मंशिर १५ गते सम्पन्न कार्यसम्पादन समितिको बैठकले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ संयोजक रहने गरी क्रिकेट समिति र राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको छ,' क्यानको विज्ञप्तिमा भनिएको छ, 'क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु संघको आगामी बैठकबाट थप गरिनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell