PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अन्यौलमा नेकपा सचिवालय बैठक: सहभागी नहुने अडानमा ओली, जसरी पनि सञ्चालन गर्ने प्रचण्ड- नेपाल समूहको तयारी



पहिलोपोस्ट

अन्यौलमा नेकपा सचिवालय बैठक: सहभागी नहुने अडानमा ओली, जसरी पनि सञ्चालन गर्ने प्रचण्ड- नेपाल समूहको तयारी

काठमाडौं : मंगलवार बसेको सत्तारुढ दल नेपाल कम्युस्ट पार्टी (नेकपा) बैठक आज बुधवार पुन: १ बजे बस्ने गरी सकियो। तर, आज बैठक बस्ने नबस्ने भन्ने अन्यौल बढेको छ।

प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको औचित्य नभएको भन्दै बैठकमा सहभागी नहुने अडानमा बसेका छन्।

मंगलवारको बैठकमा पनि प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको भन्दै बैठक राख्न नहुने अडान लिएका थिए। तर, बाँकी सदस्यहरुले बैठक बस्नुपर्ने भन्दै १ बजे बस्ने निर्णय गरेका थिए।

'प्रधानमन्त्रीज्यूले हिजो नै बैठकमा बैठकको औचित्य नभएको भन्दै बैठकमा सहभागी नहुने अडान लिनु भएको हो,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'यसबीच केही सहमति भएको भए सहभागी हुनुहोला तर उहाँ सहभागी नहुने अडानमा हुनुहुन्छ।'

ओलीले बैठकमा प्रस्तावबारे छलफल नहुने र प्रचण्डले माफी माग्नुपर्ने अडान राखेका छन्। प्रधानमन्त्रीले बैठकमा राखेको प्रस्तावमा महासचिव तठस्थ रहे भने बाँकी सदस्यहरुले बैठक छल्न नहुने र बैठकबाट समाधान निकाल्नुपर्ने बताएका थिए।

महासचिव पौडेलले दुई अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने वा नगर्ने विषयमा आफूले कुनै राय नराख्ने बताएका थिए।

यता, आज १ बजे बोलाइएको सचिवालय बैठक निर्धारित समयमा नै हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। प्रधानमन्त्रीले बैठकको औचित्य नभएको र बैठकमा सहभागी नहुने अडान राखिरहेका बेला प्रवक्ता श्रेष्ठले भने, 'पूर्व निर्धारित बैठक हो। रोकिँदैन्। निर्धारित समयमा नै बस्छ।'

उनले अध्यक्ष ओली बैठकमा सहभागी हुने वा नहुने भन्ने आफूलाई जानकारी नभएको र बैठक बसेपछि थाहा हुने बताए। 

प्रचण्ड र ओलीबीच यसबीचमा बैठक लगायतका विषयलाई लिएर कुराकानी समेत हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell