अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको तेस्रो खेल जारी छ। सुरुका दुई खेल जितेको अस्ट्रेलियाले सिरिज आफ्नो नाम गरिसकेको छ। आज जारी खेलमा भारतीय टिमका कप्तान बिराट कोहलीले सचिन तेन्दुल्कर लगायताका खेलाडीलाई पछि पार्दै आफ्नो नयाँ कीर्तिमान बनाएका छन्।
कोहलीले आजको खेलमा २३ रन बनाउँदा ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडीको कीर्तिमान बनाए। तेन्दुलकरले १२ हजार रन ३०९ म्याचमा बनाएका थिए भने कोहलीले त्यो भन्दा ५८ खेल अगावै अर्थात २४२ खेलमै पुरा गरे।
1️⃣2️⃣,0️⃣0️⃣0️⃣ ODI runs for Virat Kohli 🔥
— ICC (@ICC) December 2, 2020
He has become the fastest batsman to reach the milestone, in just 242 innings 🤯 #AUSvIND pic.twitter.com/H0XlHjkdNK
कोहली ओडीआईमा १२ हजार रन पूरा गर्ने दोस्रो भारतीय खेलाडी हुन् भने समग्रमा छैटौं खेलाडी हुन्। उनी बाहेका सचिन तेन्दुल्कर, कुमार संगाकारा, रिकी पोन्टिङ, सनथ जयसूर्या र महेला जयबर्धनेले १२ हजार रन पूरा गरेका छन्।
