PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, बिराज महर्जन पनि क्याम्पमा



पहिलोपोस्ट

एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, बिराज महर्जन पनि क्याम्पमा

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले ५८ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। निमित्त मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएका छन् जसमा बंगलादेशसँगको सिरिजका लागि प्रशिक्षणमा बोलाइएका भन्दा २४ जना नयाँ खेलाडी छन्।पछिल्लो समय टिममा नहरेका खेलाडी विराज महर्जनलाई पनि क्याम्पमा बोलाइएको छ भने विमल घर्ती मगर, दिनेश राजबंशी, आदित्य चौधरी र सन्तोष तामाङलाई पनि क्याम्पमा बोलाइएको छ।

 खेलाडीहरु डिसेम्बर १२ सम्ममा उपस्थित भइसक्ने छन् र खेलाडीलाई एन्फा होस्टलमा राख्दै एन्फाले अभ्यास सुरु गराउने छ। 

फिफा विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतका खेलहरुको तयारीका लागि एन्फाले प्रशिक्षण अघि बढाउन लागेको हो।

गोलकिपर: किरणकुमार लिम्बु, विकेस कुथु, बिशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु

डिफेन्डर्स: देवेन्द तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजबंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विके, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डर्स: सुजल श्रेष्ठ, विसाल राई, जर्जप्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दीपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकुटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदाम्बे, सञ्जोग राई, नितिन थापा

फर्वाड्स: विमल घर्तीमगर, अभिशेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन बिस्ट, राजिव लोप्चन, आशिस लामा, प्रिजेन तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell