PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओली बैठकमा सहभागी नभएपछि सचिवालयको बैठक २० गतेका लागि सारियो, स्थायी कमिटीको बैठकसमेत स्थगित



पहिलोपोस्ट

ओली बैठकमा सहभागी नभएपछि सचिवालयको बैठक २० गतेका लागि सारियो, स्थायी कमिटीको बैठकसमेत स्थगित

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको केहीबेरमै सकिएको छ। प्रधानमन्त्री तथा एक अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठक केही बेरमा सकिएको हो। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले बैठक सकिएको जानकारी दिए। 'बैठक सकिएको छ। सुरु भएकै केहीबेरमा सकिएको हो,' उनले भने।

बैठकमा के विषयमा छलफल भयो भन्ने  विषयमा जानकारी गराइएको छैन। 

यता ओलीले सचिवालयको बैठक २० गतेका लागि सारेका छन्। सचिवालयका अनुसार ओलीले एकतर्फी रुपमा बैठक सारेका हुन्। बैठक स्थगित भएको प्रधानमन्त्रीका सञ्चार बिज्ञ रामशरण बजगाइले जानकारी दिए। 'प्रधानमन्त्रीले स्थगित गर्नुभएको हो,' उनले भने।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको कार्य ब्यस्थताले बैठकमा सहभागि नभएको र बैठक सुरु भएको १० मिनेटमा नै कार्यकारी अध्यक्ष प्रचण्डले बैठक २० गतेका लागि तय गरेको जानकारी दिए।

मंगलवारको बैठकमा अब बैठकको औचित्य नभएको प्रधानमन्त्रीको अडान थियो। नेपाल कम्युनिस्ट पार्टीको मंसिर ३ को बैठकले मंसिर १३ गते सचिवालय, १८ मा स्थायी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

१३ गतेको बैठकले १६ गते र मंगलवारको बैठकले आज स्थायी कमिटी बैठक बोलाएको हो। आज सचिवालय बैठक बस्न नसकेपछि स्थायी कमिटीको बैठक पनि २१ गतेका लागि सारिएको छ। 

नेकपामा बिवाद बढदै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पार्टीको संकट बैठकबाटै समाधान गर्नुपर्ने अडानमा छन्। ओली र प्रचण्डका दुई छुट्टा छुट्टै प्रतिवेदन सचिवालयमा पेश भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell