PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फास्ट ट्रयाकको विरोधमा फर्सीडोलमा प्रदर्शन, सेनाले बनाएको संरचना स्‍थानीयले भत्काए, प्रहरीसँग धकेलाधकेल

फास्ट ट्रयाकको विरोधमा फर्सीडोलमा प्रदर्शन, सेनाले बनाएको संरचना स्‍थानीयले भत्काए, प्रहरीसँग धकेलाधकेल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) विरुद्ध ललितपुरको फर्सीडोलमा विरोध प्रदर्शन भएको छ। नेवा जागरण युवा मञ्चको अगुवाईमा बुधवार फास्ट ट्रयाक विरोध कार्यक्रम गरिएको हो।

विरोधका क्रममा स्थानीयले नेपाली सेनाले बनाएको संरचना भत्काइदिएका छन्। संरचना भत्काउने क्रममा प्रहरीसँग धकेला धकेल भएको थियो। स्थानीयले लामो समयदेखि यहाँ आन्दोलन गर्दै आएका छन्।

फास्ट ट्रयाकको प्रारम्भमा पर्ने ललितपुरको खोकना, बुङ्मति, सैँबु, भैँसेपाटी क्षेत्रमा भने मुआब्जाको विवाद सल्टाउन बाँकी छ। स्थानीयबाट मुअब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासको कुरा उठ्दै आएको छ।

परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेना र स्थानीयबीच निर्माणाधीन परियोजनाको निर्माणका क्रममा सुरुदेखि नै विवाद छ। जग्गा अधिग्रण, सिकाली, खोकना तथा बुङमती क्षेत्रको साँस्कृतिक सभ्यता आदिमा निर्माण पक्ष र स्थानीयबीच विवाद रहँदै आएको छ। विवादका कारण परियोजना कार्यान्वयनमा समस्या उत्पन्न भएको छ।

२०७४ बैशाख २१ गतेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय भई जेठ १४ गते शिलान्यास भएको फास्ट ट्रयाकलाई समयभित्रै सम्पन्न सम्पन्न गर्ने लक्ष्य राखेर सरकारले अनुगमन र मूल्यांकनलाई तीब्रता दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell