बारा : जितपुरसिमरा उपमहानगरपालिकाको छाप र रसिद कीर्ते गरी कर संकलन गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२ बस्ने ३५ वर्षीय अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।
साहले उक्त उपमहानगरपालिकाको छाप र रसिद कीर्ते गरी मङ्सिर ७ गते सोही उपमहानगरपालिका-१६ स्थित बालगंगा खोलामा कर सङ्कल गरेको अवस्थामा फेला पारी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
साह उपर जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
