PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सांसद बिडारीको प्रश्न : स्वास्थ्य मन्त्रालयको प्रवक्ताले जे पनि भन्न पाइन्छ? सिकिस्त भए मात्र आउ कहिले लक्षण देखिए नी आउ



पहिलोपोस्ट

सांसद बिडारीको प्रश्न : स्वास्थ्य मन्त्रालयको प्रवक्ताले जे पनि भन्न पाइन्छ? सिकिस्त भए मात्र आउ कहिले लक्षण देखिए नी आउ

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सूचनामा एकरुपता नभएको भन्दै राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले आलोचना गरेका छन्। 

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो आलोचना गरेका हुन्। 

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागि बैठकमा उनले भने- 'एक दिन सूचना जारी गर्नुहुन्छ कोभिडमा शूल्क लाग्छ, अर्को दिन भन्नुहुन्छ शूल्क लाग्दैन, अर्को दिन फेरी भन्नुहुन्छ असहायलाई लाग्दैन् अरु सबैलाई लाग्छ। यो तपाईँको हुकुमी शासन जस्तो भएन्? कुन चाँहीँ कुरा ठिक मन्त्रालयले त ट्वाक्क ट्वाक्क भन्नुपर्‍यो नी कसलाई लाग्छ भने लाग्छ भन्नुपर्‍यो लाग्दैन भने लाग्दैन भन्नुपर्‍यो। कुन कानुनले भन्या त्यो कानुन पनि देखाउन पर्‍यो।'

उनले मन्त्रालयका प्रवक्ता प्रति पनि रोष ब्यक्त गरे। 'सिकिस्त भएपछि मात्र अस्पताल आउनु नत्र घर बस्नु भन्या छ एक दिन, अर्कोदिन अस्पताल आउनु सिम्टमस् देखियोकी तुरुन्त आउनु,' उनले भने, 'त्यो प्रवक्ताले के बोल्या, प्रवक्ताले जे पनि बोल्न पाइन्छ?'

उनले भ्रष्टाचारको मुल कडी नै प्रत्यायोजित विधान भएको बताए। 'भ्रष्टाचार गर्न मनलाग्ने कर्मचारीले प्रत्यायोजित विधेयक बनाएर आफूँ अनुकुल गर्ने,' उनले भने।  

 

 

@pahilopost

कोभिड-१९ ब्यवस्थापनमा सरकारलाई रामनारायण विडारीको प्रश्न-१ ##covid19 ##Nepal ##ramnarayanbidari ##National_Asse_Nepal ##MOHP

♬ original sound - Pahilo Post

 

@pahilopost

कोभिड-१९ ब्यवस्थापनमा सरकारलाई रामनारायण विडारीको प्रश्न-२ ##covid19 ##Nepal ##ramnarayanbidari ##National_Asse_Nepal ##MOHP

♬ original sound - Pahilo Post



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell