PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बाबुरामले गरे रामचन्द्र पौडेल पक्राउको विरोध, ‘राजावादीहरूलाई छुट गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?’



पहिलोपोस्ट

बाबुरामले गरे रामचन्द्र पौडेल पक्राउको विरोध, ‘राजावादीहरूलाई छुट गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?’

काठमाडौं: जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ घटनाको विरोध गरेका छन्।

तनहुँमा स्थानीय प्रशासनले आकस्मिक कर्फ्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गृहजिल्लामा आफ्नै पालामा बनेको पुल उद्घाटन गर्न नेकपा निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले अवरोध गरेपछि स्थानीय प्रशासनको कर्फ्यूका बाबजुद पौडेल अघि बढेका थिए।

पौडेल गिरफ्तारीपछि बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell