PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

थप १४९० जना कोभिड-१९ संक्रमित पहिचान ९ जनाको मृत्यु



पहिलोपोस्ट

थप १४९० जना कोभिड-१९ संक्रमित पहिचान ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ४९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा दुई लाख ३६ हजार २४६ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ५३८ पुगेको छ। 

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५६७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमित मध्ये  दुई लाख १८ हजार १६१ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन्। 

हाल नेपालमा १६ हजार ५४७ जना संक्रमित आइसोलेसनमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell